
प्रधानमन्त्री कार्की राप्रपाको जलपान कार्यक्रममा
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आज आयोजना गरिएको जलपान कार्यक्रममा सहभागी भएकी छन्।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका पार्टी नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, र समाजका विभिन्न क्षेत्रका अगुवा पनि उपस्थित थिए।
जलपान कार्यक्रममा राष्ट्रिय एकता र पृथ्वी जयन्तीको महत्वबारे छोटकरीमा सम्बोधन गरिएको र समग्र राजनीतिक, कूटनीतिक र सामाजिक एकता प्रस्ट्याइएको थियो।



कागजपत्र |
