
तिनकुनेको गैरीगाउँस्थित एक घरमा आगलागी
काठमाडौं- तिनकुनेको गैरीगाउँस्थित एक निजी घरमा भीषण आगलागी भएको छ।
प्रहरीका अनुसार उक्त घरमा काठको गोदाम राखिएको थियो, जसले आगोको तीव्रता बढाएको बताइएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले घटनास्थलमा प्रहरी पुगेको र आगो निभाउने प्रयास जारी रहेको जानकारी दिएका छन्।
हालसम्म आगलागीबाट मानवीय क्षति वा अन्य विवरणबारे पुष्टि भइसकेको छैन।



कागजपत्र |
