लोकन्थली चोकमा ट्याङ्कर–मोटरसाइकल ठक्कर, एक महिलाको मृत्यु


काठमाडौं – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली चोकस्थित सडकमा ट्याङ्कर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार बिहान ना ७ ख ९२६६ नम्बरको ट्याङ्कर र बा २३ प ९२३४ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकलमा सवार काठमाडौं कीर्तिपुर बस्ने दार्चुला नौगाड गाउँपालिका–१ घर भएकी ३२ वर्षीया स्वस्तिका ऐर बडाल गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटार लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन् र उनको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ट्याङ्कर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रतिक्रिया