बालेन र रविको एकतापछि के भन्छन् कांग्रेस नेता चन्द्र भण्डारी?


काठमाडौं – कांग्रेसका नेता डा. चन्द्र भण्डारीले रवि लामिछाने र बालेन शाहबिचको एकताले अरूलाई पनि जिम्मेवारी लिन र दिन तथा विश्वास दिलाउन र मिलेर अघि बढ्न सक्नुपर्छ भन्ने सन्देश दिएको टिप्पणी गरेका छन् ।

रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन)बीच एउटै पार्टीमा आवद्ध भएर चुनावमा जानेबारे ७ बुँदे सहमति भएपछि भण्डारीले यस्तो टिप्पणी गरेका हुन् ।

‘रविजी र बालनजीको मिलनले यो सन्देश दिन्छ-अब अरूले पनि जिम्मेवारी लिन र दिन, विश्वास दिलाउन, र मिलेर अघि बढ्न सक्नुपर्छ। यही सन्देश हरेक घटनाले असल विद्यार्थीलाई सिकाउँछ’, भण्डारीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

रवि र बालेनको सहमतिअनुसार रास्वपाको नेतृत्वमा रविलाई स्वीकार गर्दै बालेन अघि बढ्ने भएका छन् भने रविले आगामी फागुन २१ मा हुने निर्वाचनपछिको प्रधानमन्त्रीमा बालेनलाई स्वीकार गर्ने छन् ।

सहमतिपत्रको बुँदा नम्बर ४ मा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने ।’


 

प्रतिक्रिया