एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी


काठमाडौं- काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा आज अपराह्न ४ बजे सुरु हुनेछ।

काठमान्डु अंकतालिकामा तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर एलिमिनेटरमा भिड्न लागेका हुन्।  यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ।

पहिलो क्वालिफायरमा सुदूररपश्चिम रोयल्ससँग ७७ रनले पराजित विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।

आज एलिमिनेटरमा हार्ने टोली भने उपाधि दौडबाटै बाहिरिनेछ।

प्रतिक्रिया