एक हजारले घट्यो सुनको मूल्य


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार नौ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया