
लुम्बिनीको प्लेअफ सम्भावना, विराटनगर पाँच विकेटले पराजित
काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा विराटनगर किंग्सलाई लुम्बिनी लायन्सले ५ विकेटले पराजित गरेको छ। लुम्बिनी लायन्सको यो तेस्रो जित हो। विराटनगरको भने यो दोस्रो हार हो।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले दिएको १४५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।
लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ५७ रन बनाए। उनले ४४ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
विराटनगर किंग्सका लागि सुवास भण्डारीले दोस्रो संस्करणको लागि आफ्नो पहिलो खेलमा २ विकेट लिए। कप्तान सन्दीप लामीछानेले २ विकेट र वसिर अहमदले १ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र २ छक्का प्रहार गरे।
लुम्बिनी लायन्सका लागि शेर मल्लले ३ विकेट लिए । उनले ४ ओभरमा २५ रन खर्चिए। जे जे स्मिथ,अभिषेश गौतम र रुविन ट्रम्पलमेनले १–१ विकेट लिए।
लुम्बिनी लायन्सले यस अघिको ५ खेलमध्ये २ जित र ३ हार रहेको छ।



कागजपत्र |
