नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी पक्राउ


काठमाडौं-  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। उनीसहित क्यानका पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ।

स्रोतका अनुसार, अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया