इमरान ताहिर एनपीएल खेल्न नआउने


काठमाडौं-  दक्षिण अफ्रिकाका चर्चित स्पिनर इमरान ताहिर अन्तिम क्षणमा एनपीएलको दोस्रो सिजन खेल्न नआउने भएपछि जनकपुर बोल्ट्स स्तब्ध बनेको छ ।

जनकपुर बोल्ट्ससँग दोस्रो सिजनका लागि औपचारिक रूपमा सम्झौता गरिसकेका ताहिरले नेपाल आउने आफ्नो निर्णय अन्तिम समयमा रद्द गरेको बोल्ट्सका जनरल म्यानेजर निरज खतिवडाले जानकारी दिए ।

ताहिरले प्रतिखेल ५ लाख रुपैयाँ पारिश्रमिक लिने गरि एनपीएलमा सहभागी हुने समझदारी गरेका थिए । तर तीन खेल मात्र खेल्ने अडान लिएपछि जनकपुर व्यवस्थापनले उनको सम्झौता रद्द गरेको जनाएको छ ।

पहिले खेलेका पाँच खेलमा एक मात्र जित निकाल्दै अंक तालिकाको पुच्छारमा पुगेको जनकपुरका लागि अब प्लेअफ यात्रामा पुग्न बाँकी दुई खेलमा जित अनिवार्य बनेको छ । यद्यपि, आफ्नो प्रदर्शनसँगै अन्य टिमको नतिजाले पनि उसको भविष्य तय गर्नेछ ।

गत वर्षको डिफेन्डिङ च्याम्पियन जनकपुरका लागि ताहिर नआउनु थप ठूलो धक्का मानिएको छ ।

प्रतिक्रिया