
एनपिएलमा जनकपुरको पहिलो जित
काठमाडौं — राजधानीमा जारी दोस्रो संस्करणको एनपिएलमा जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ ।
मंगलबार सम्पन्न खेलमा जनकपुरले चितवन राइनोज्लाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामै पहिलो जित हात पारेको हो ।
चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा पूरा गरेको हो । जनकपुरका लागि कप्तान अनिल शाहले ६१ रनको पारी खेले भने माज सदाकदले ६३ रन बनाएका थिए ।
यससँगै जनकपुरले जारी प्रतियोगितामा पहिलो २ अंक जोडेको छ । चितवनले भने ५ खेलमा २ मा जित र ३ खेलमा पराजय भोग्दै चार अंक जोडेको छ ।
प्लेअफ प्रवेशका लागि जनकपुरले बाँकी खेल जित्नुपर्ने र अन्य चितवन, लुम्बिनी, कर्णाली र पोखराले अन्य खेल हार्नुपर्नेहुन्छ ।



कागजपत्र |
