नार्कका यी ८ वैज्ञानिकसहित १६ जना वर्षाैंदेखि सम्पर्कबिहीन, सेवाबाट हटाउने प्रक्रिया सुरू


काठमाडौं – नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का ९ वैज्ञानिकसहित १६ कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरुलाई सेवाबाट हटाउने प्रक्रिया समेत थालिएको छ ।

अध्ययन बिदा लिएदेखि अनुपस्थित हुनेहरुमा वैज्ञानिकहरु अच्युत मिश्र, नविन कुमार दंगाल, होमन रेग्मी, संजिव गौतम, देवराज चालिसे, प्रतिष्ठा अधिकारी, दिनेश बाबु थापामगर, किरण बराल र राजु चाैधरी छन् ।

यसैगरी डा. सुमन कार्की, उज्ज्वल सुवेदी, अतित पराजुली, अस्मिता श्रेष्ठ, विकास घिमिरे, सुशीलकुमार गैरे र बुद्धिबहादुर अछामी पनि लामो समयदेखि अनुपस्थित छन् । ती मध्ये किरण बराल २०७१ फागुन २२ गतेदेखि अनुपस्थित रहेको भन्दै उक्त मितिदेखि नै सेवाबाट हटाउने गरी सूचना प्रकाशित गरिएको छ । उनीहरू अध्ययन बिदापछि अनुपस्थित रहेको पनि सूचनामा जानकारी गराइएको छ ।

ती मध्ये बैज्ञानिकहरू किरण बराल र राजु चाैधरीका साथै विकास घिमिरे, सुशीलकुमार  गैरे र बुद्धिबहादुर अछामीका लागि दोस्रो पटक सूचना प्रकाशित गरेको पनि परिषद्ले जनाएको छ ।

उनीहरु अध्ययन बिदामा बस्नुअघि बिदापछि हाजिर हुन आउने कबुलियतनामा गराएका थिए । तर कबुलियतनामाका सर्त समेत उल्लंघन गरेर हाजिर हुन नआएको परिषदले जनाएको छ ।

त्यसैले स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन परिषदले सार्वजनिक सूचना निकालेर अनुरोध गरेको छ । उनीहरुको नामावली सार्वजनिक गर्दै परिषदले सूचनामा लेखेको छ, ‘…परिषदको कर्मचारी प्रशासन विनियम, २०४९ को विनियम ४० (२) (क)को कसुरमा नोकरी टुटेको सम्झी सेवाबाट किन अलग नगर्ने ?’

सूचनाः

 

प्रतिक्रिया