
फुटबल विजेतालाई अलैँची पुरस्कार !
फुङ्लिङ – ताप्लेजुङमा सम्पन्न भएको दोस्रो अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको विजेतालाई १३१ केजी अलैँची पुरस्कार उपलब्ध गराएको छ।
बिहीबार भएको फाइनल खेलमा हिमाली तोक्पेगोला युथ क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै गणेशचोक क्लबले उक्त पुरस्कार हात पारेको हो।
आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक विजेता टिम गणेशचोकले नगद रु. तीन लाख दुई हजार ८२ बराबरको तीन मन ११ किलोग्राम अलैँचीसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको रु. ९२ हजार थियो। सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएको हो।
त्यसैगरी उपविजेता तोक्पेगोला युथ क्लबलाई समेत रु. एक लाख ५० हजार ८२ बराबरको अलैँची प्रदान गरिएको छ। तोक्पेगोलालाई करिब ६५ किलोग्राम अलैँचीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको साँवाले बताए।



कागजपत्र |
