रोल्पामा मोटरसाइकल दुर्घटनामा एमाले नेतृ अमृता घर्तीको मृत्यु


रोल्पा – रोल्पामा मोटरसाइकल दुर्घटनामा परी एमाले नेतृ अमृता घर्तीको मृत्यु भएको छ। माडी गाउँपालिका–६ कोर्चाबाङकी ४७ वर्षीया घर्ती एमाले जिल्ला सदस्य तथा पूर्वशिक्षिका पनि  थिइन्।

बुधबार दिउँसो मिनाही बजारबाट घरतर्फ फर्किँदै गर्दा आफन्तले चलाएको मोटरसाइकल मिनाही नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरीले जनाएको छ। मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खस्दा घर्तीले घटनास्थलमै ज्यान गुमाउनुपरेको हो।

दुर्घटनापछि सामान्य घाइते अवस्थामा रहेका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घर्तीको शव जिल्ला अस्पताल रोल्पामा पोस्टमार्टम गरी बिहीबारै मगर संस्कारअनुसार आफ्नै गाउँ कोर्चाबाङमा अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया