
मधेश मुख्यमन्त्रीविरूद्धको रिटमा आज फैसला गर्दै सर्वोच्च
काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतले फैसला गर्ने भएको छ ।
मधेश प्रदेश सभाका सात दलले मुख्यमन्त्री यादवको नियुक्ति अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेपछि मंसिर ३ गते दुवै पक्षलाई छलफलमा बोलाएर, आवश्यक कागजात झिकाएर मंसिर ११ गते अन्तिम निर्णय दिने फैसला गरेको थियो ।
मंसिर ३ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विपक्षीहरूबाट लिखित जवाफ पेस गर्न लगाई मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो ।
मधेश प्रदेश सभाका ७४ सांसद संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्च गएका थिए । सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई मुद्दा किनारा नभएसम्म नीतिगत र दीर्घकालीन निर्णय नगर्नसमेत आदेश दिएको छ ।



कागजपत्र |
