देशैभर बढ्यो चिसो


काठमाडौं – काठमाडौं उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ।

यसै क्रममा आज बिहीबार बिहान ५ः४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जनाएका छन् ।

हिजो बुधबार पनि बिहान यो समयमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम त्यति नै देखिएको थियो।

तर पछि बिहान ८:४५ बजे पुनस् मापन गर्दा ६.१ डिग्री सेल्सियसमा झरेको थियो। आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान उक्त समयमा अपडेट गरिनेछ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।

सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।

मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।

प्रतिक्रिया