जनकपुर बोल्ट्सले बिहीबार आमाको नामको जर्सी लगाएर खेल्ने


काठमाडाैं-  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको छ ।

जनकपुरले बिहीबार हुने पोखरा एभेन्जर्सविरुद्धको खेलमा ‘आमा स्पेसल जर्सी’ लगाएर खेल्ने भएको हो । आज आयोजित पत्रकार सम्मेलनमा जनकपुर बोल्ट्सका व्यवस्थापक निरोज खतिवडाले बिहीबार हुने खेलमा सबै खेलाडीले आ-आफ्नो आमाको नाम लेखिएको जर्सी लगाउने जानकारी दिए । उनले भने, ‘आमाको सम्मानमा उक्त जर्सी लगाउने निर्णय भएको हो ।’

उक्त जर्सी लगाएर खेल्ने र त्यसपछि ती जर्सीलाई बिक्रीका लागि अक्सनमा राखिने जनाइएको छ । जर्सी बिक्रीबाट सङ्कलन भएको रकम आमा समूहलाई प्रदान गरिने खतिवडाले बताए ।

शुरूआती दुवै खेलमा पराजित भएको साबिक विजेता जनकपुर बोल्ट्स बिहीबार भने पहिलो जितेको खोजीमा हुनेछ ।

प्रतिक्रिया