
धनगढीमा महेश बस्नेतको आगमनसँगै तनाव, युवा संघद्वारा जेनजीमाथि आक्रमण
कैलाली- नेकपा (एमाले)का नेता महेश बस्नेत धनगढी पुगेपछि तनाव सिर्जना भएको छ। बस्नेतको विरोधमा प्रदर्शन गरिरहेका जेनजी युवामाथि आक्रमण भएपछि स्थिति तनावपूर्ण बनेको हो।
बस्नेतलाई धनगढी विमानस्थलबाट कार्यक्रमस्थलसम्म लैजाँदै गर्दा जेनजी मार्गनजिक प्रदर्शन भइरहेको थियो। प्रदर्शन स्थलमा मोटरसाइकल र्याली रोकेर एमाले निकट युवा संघका कार्यकर्ताहरूले जेनजी प्रदर्शनकारीमाथि आक्रमण गरेका थिए। यस क्रममा प्रहरीको सुरक्षा घेरा तोड्दै उनीमाथि हमला भएको बताइएको छ। सो घटनामा जेनजीकी अगुवा सरिता जोशीसहित केही युवा घाइते भएका छन्।
बस्नेत धनगढीमा युवा संघको राष्ट्रिय जागरण भेलालाई सम्बोधन गर्न आएका थिए।



कागजपत्र |
