मधेश सरकारले बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ भत्ता दिने !


जनकपुरधाम – मधेश सरकारले स्नातक तह उर्तीण बेरोजगार युवालाई मासिक २ हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने प्रस्ताव गरेको छ।

बुधवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मुख्यमन्त्री सरोज यादवले प्रदेशभित्रका १८–३५ वर्ष उमेर समूहका बेरोजगार स्नातक तह उर्तीण युवालाई राष्ट्रिय युवा नीतिले परिभाषित गरेअनुसार बेरोजगार भत्ता प्रदान गर्ने योजना प्रस्ताव गरिएको बताए।

तर हालै सर्वोच्च अदालतले मधेस सरकारलाई दीर्घकालीन तथा नीतिगत निर्णय गर्न रोक लगाएको छ। मुख्यमन्त्री यादवले भने, सर्वोच्चको आदेश सकारात्मक आएपछि सो प्रस्तावलाई नीतिगत निर्णय बनाएर कार्यान्वयन गरिने बताए।

यसैगरी, मधेस आन्दोलनका सहिदलाई मधेश रत्न सम्मानबाट सम्मान गर्ने निर्णयका लागि कार्यविधि निर्माणको प्रक्रिया अन्तिम चरणमा रहेको पनि मुख्यमन्त्री यादवले जानकारी दिए।

प्रतिक्रिया