डिस्चार्ज भए सचिन, कामना र प्रार्थना गर्ने सबैलाई धन्यवाद


नयाँदिल्ली – भारतीय क्रिकेट लिजेन्ड सचिन तेन्दुल्कर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी एक हप्ता अघि अस्पताल भर्ना भएका थिए ।

४७ वर्षीय सचिनले २७ मार्चमा आफू संक्रमित भएको जानकारी दिएका थिए । त्यसको ६ दिनपछि उनलाई मुम्बई अस्पतालमा भर्ना गरिएको थियो ।

सचिनले आफू घर फर्किएको र अझै आइसोलेसनमा रहेर आराम गर्ने बताएका छन् । ‘मेरो स्वास्थ्य लाभको कामना र प्रार्थना गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु,’ उनले भनेका छन् ।

तेन्दुलकरले सन् २०१३ मा क्रिकेटबाट सन्यास लिएका थिए । यसक्रममा उनले २ सय टेस्टमा १५ हजार ९२१ रन र ४६३ एक दिवसीय खेलमा १८ हजार ४२६ रन बनाएका छन् । आफ्नो २४ वर्षे करियरमा १ सय शतक बनाएका छन् ।

प्रतिक्रिया