
विराटनगरविरुद्ध पहिले फिल्डिङ गर्दै जनकपुर बोल्ट्स
काठमाडौं — नेपाल प्रिमियर लिग (एनपिएल) सिजन—२ को आजको पहिलो खेलमा विराटनगरले पहिले ब्याटिङ गर्ने भएको छ ।
जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सले पहिला ब्याटिङ गर्ने भएको हो । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
प्रतियोगितामा विराटनगरले दुवै खेल जित हात पारिसकेको छ भने जनकपुरले खेलेको पहिलो खेलमा पराजय भोगेको छ ।



कागजपत्र |
