सञ्चारकर्मी दीपेन्द्र खनियाँ मृत फेला


काठमाडौं – हास्यव्यङ्ग्य रेडियो ‘रेडियो अडियो’का मालिक दीपेन्द्र खनियाँले आफ्नै रेडियो स्टेशन भएको घरमा झुण्डिएर आत्महत्या गरेका छन् ।

नयाँ बानेश्वर हाइटस्थित रेडियो भवनमा उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले पुष्टि गरेको छ ।

रेडियो अडियोका सञ्चालकसमेत रहेका खनियाँले फागुनमा बेचेको परिवारका सदस्यहरूले बताएका छन् ।  उनकी एक श्रीमती र एक छोरी छन् ।

घटनाबारे थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया