
कांग्रेस महामन्त्री शर्माको प्रश्न, ‘भ्रमणको वातावरण नै नबनाए कसरी चुनाव हुन्छ प्रधानमन्त्री ज्यू ?’
काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरेका छन् । बाराको सिमरामा भएको पछिल्लो घटनालाई लक्षित गर्दै महामन्त्री शर्माले निर्वाचन गराउँछु भन्ने सरकारले
भ्रमण गर्ने अधिकार नै नदिएपछि कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेका छन् ।
उनले निषेधको राजनीति नगर्नका लागि अनुरोध गर्दै एक फेर भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ भनेर प्रश्न गरेका हुन् ।
उनी लेख्छन्,
‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौं l मधेस प्रदेशमा सहि कर्म गरेन त, त्यस विरुद्ध दबाब दिउँ l GenZ विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौं l तर आफ्ना कुरा राख्न कहिँ पनि भ्रमण गर्ने संविधान प्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन l त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो l
त्यसैले सिमरा घटना दु:खद ! प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण- एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?
सामाजिक संजाल निषेध विरुद्ध उभिने GenZ कसैको `समाज भ्रमण अधिकार´ विरुद्ध उभिन सक्दैनन् ! अत सिमरा घटना GenZ भावना होइन, त्यसको दुरुपयोग हो l निषेधको राजनीति कसैले नगरौं !



कागजपत्र |
