२ हजार ८ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

सोमबार तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार बढेर तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस आधारमा छापावाल सुन तोलामा २ हजार ८०० रुपैयाँले बढेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ३ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया