नेपालका अनलाइन मिडियाका वेबसाइट एकैपटक डाउन, कारण यस्ताे


काठमाडौं-  क्लाउडफ्लेयरको विश्वव्यापी नेटवर्क अवरोधका कारण मंगलबार साँझदेखि नेपालका अधिकांश अनलाइन सञ्चारमाध्यमका वेबसाइटहरू अचानक डाउन भएका छन्। सेवा अवरुद्ध हुँदा लाखौं पाठकहरू समाचार तथा सूचनाबाट बञ्चित हुँदा डिजिटल ट्राफिक एकैपटक ठप्प जस्तै भएको छ।

क्लाउडफ्लेयरले मंगलबार सार्वजनिक गरेको सिस्टम स्टाटस सूचनामा आफ्नो ‘ग्लोबल नेटवर्क’ मा समस्या देखिएको जनाइएको छ। कम्पनीले समस्याको वास्तविक कारण पहिचान गर्न प्राविधिक टोली लागिपरेको बताउँदै छिट्टै विस्तृत विवरण उपलब्ध गराइने जानकारी दिएको छ।

अनलाइन पोर्टल, वित्तीय सेवा, एप्लिकेसन र अन्य वेब–आधारित प्रणाली प्रभावित बन्दै गएपछि सर्वसाधारणमा असुविधा बढेको छ। प्राविधिक त्रुटि कहिलेसम्म समाधान हुनेछ भन्ने स्पष्ट नभए पनि क्लाउडफ्लेयरले “सेवाको पुनर्स्थापना प्राथमिकतामा रहेको” जनाएको छ।

प्रतिक्रिया