
एनपिएल २०२५: चितवन राइनोजकाे टस जितेर पहिले बलिङ गर्ने निर्णय
काठमाडाैं – चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
कर्णाली र चितवन अन्तिम सिजनमा दुईपटक भिडेका थिए ।
लिग चरण र प्लेअफमा कर्णालीले चितवनमाथि जित निकालेको थियो ।
एनपिएल २०२५ को आज दोस्रो दिन पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स तथा दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दै छन् ।



कागजपत्र |
