
एलओडी बन्यो एनपिएलमा इन्टरटेनमेन्ट पार्टनर
काठमाडाैं- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनमा एलओडी क्लबले इन्टरटेनमेन्ट पार्टनरको भूमिका निर्वाह गर्ने भएको छ।
सोमबारदेखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुने एनपिएलको दोस्रो सिजनमा एलओडी क्लबले इन्टरटेनमेन्ट पार्टनर बन्ने भएको हो।
आइतबार एउटा कार्यक्रममा क्लबका प्रमुख कार्यकारी अधिकृत रविन श्रेष्ठ र क्रिकेट सङ्घका सचिव पारस खड्काले सम्झौता गरेका हुन्।
एनपिएलको खेल अवधिभर इन्टरटेनमेन्ट पार्टनर बनेको क्लबका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी दिए। उनका अनुसार खेल भइरहेको समय क्लबका डीजेहरूले सङ्गीत बजाउने छन्। क्लबले क्रिकेट रंगशालामा क्याबिन सङ्गीत बजाउने छन्।
‘प्रत्येक खेलका खेलाडीहरूलाई विशेष कार्यक्रम गरेर क्लबमा स्वागत गरिन्छ,’ उनले भने, ‘खेलमा सहभागी खेलाडी र खेल हेर्न आएका दर्शकलाई मनोरञ्जन गर्नु क्लबले जिम्मेवारी पाएको छ।’
उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्ने छन्।
एनपिएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछन्। बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछन्।
ठमेलमा रहेको एलओडी क्लब विश्वकै ४४ औं स्थानमा रहेको छ।



कागजपत्र |
