
दूरसञ्चार प्राधिकरण सर्वाधिक आयकर तिर्ने सरकारी निकाय
काठमाडौं- दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै आयकर तिर्ने सरकारी निकायका रूपमा सम्मानित भएको छ। कर दिवसको अवसरमा सोमबार सरकारले देशभरका सर्वाधिक कर तिर्ने व्यक्तित्व तथा संस्थाहरूको सूची सार्वजनिक गर्दै विभिन्न श्रेणीमा उत्कृष्ट करदातालाई सम्मान गरेको हो।
सर्वाधिक आयकर तिर्ने निकायको रूपमा रहेको एनटीएले यस वर्ष कर राजस्व योगदानमा महत्वपूर्ण नेतृत्व गरेको सरकारको सूचनामा उल्लेख छ।
यसैगरी नेपाल टेलिकमले समयमै कर तिर्ने उत्कृष्ट करदाताको रूपमा सम्मान पाएको छ। वार्षिक ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये धेरै कर तिर्ने श्रेणीमा सीडीएस एण्ड क्लियरिङ लिमिटेड सम्मानित भएको छ।
रेमिटेन्स क्षेत्रतर्फ भने आइएमई समूह सबैभन्दा धेरै कर तिर्ने संस्थाको रूपमा चयन भएको सरकारको घोषणा पत्रमा उल्लेख गरिएको छ।



कागजपत्र |
