नक्कली भुटानी शरणार्थी काण्डमा थप एकजना पक्राउ


काठमाडौं- चर्चित नक्कली भुटानी शरणार्थी ठगी काण्डमा संलग्न रहेको आरोपमा फेरि एक जना पक्राउ परेका छन् ।

पक्राउ परेका व्यक्ति रौतहट, फतुवा–९ निवासी निराजन उर्फ निरन्जन कुमार खरेल भएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

खरेलले नगद तथा चेकमार्फत रकम उठाउने, ओसारपसार गर्ने, कागजात किर्ते गर्ने र यसरी पीडितहरूबाट पैसा असुल गर्ने संगठित गिरोहसँग मिलेमतो गरेको अभियोग छ ।

पक्राउ परेका खरेललाई थप आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा पेस गरिएको प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया