
सुकुम्बासी बस्ती हटाउने महानगरको निर्णयप्रति जेनजी अलायन्सको आपत्ति
काठमाडाैं- जेनजी मुभमेन्ट अलायन्सले काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने निर्णय गरेकोप्रति कडा आपत्ति जनाएको छ। अलायन्सले उत्पीडित तथा निहत्था जनतामाथि दम्भ, तिरस्कार र बेवास्ता नगर्न चेतावनी दिएको हो।
आइतबार जारी गरिएको विज्ञप्तिमा अलायन्सले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू वर्षौंदेखि कष्टपूर्ण जीवनयापन गरिरहेकाले उनीहरूलाई राहत र विकल्प उपलब्ध नगराई बलजफ्ती बासस्थान खोस्नु अमानवीय भएको उल्लेख गरेको छ।
अलायन्सले पर्याप्त अध्ययन, तथ्यांक संकलन र सहमतिबिना बस्तीमा डोजर लगाउने तयारी भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा ऐतिहासिक कारण, राज्यको असंवेदनशीलता, विभेद र बहिष्करणको निरन्तरता नसम्झी गरिएको निर्णय खेदजनक भएको उल्लेख छ।
उनीहरूले मौजुदा कानुनले बस्ती हटाउने प्रक्रिया र अधिकारबारे प्रष्ट व्यवस्था दिएका भए पनि त्यसको पालना नगरिएको, बरु आतंक र भयको वातावरण सिर्जना गरिएको आरोप लगाएका छन्।




कागजपत्र |
