
एम्बुलेसमा गाँजाको तस्करी
सुन्दरहरैंचा(मोरङ) – मोरङमा नेपाल रेडक्रसको एम्बुलेन्समार्फत लागू औषध गाँजा तस्करी भएको खुलासा भएको छ। जहदा गाउँपालिका–३ बाट गाँजा ओसारपसारमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
कार्तिक १९ गते राति विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो बिराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको टोलीले स.१च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा कालो झोलामा लुकाइ–छिपाइ राखिएको ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलले जानकारी दिए।
गाँजासहित पक्राउ परेकामा एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र सोही एम्बुलेन्ससँगै सवारी सञ्चालन गरिरहेका को.३१प ८८८९ नम्बरको मोटरसाइकलका चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलीप कुमार राजवंशी रहेका छन्। उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
