घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?


काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ।

आज सुनको मूल्य प्रति तोलामा १ हजार १ सय रूपैयाँले घटेर २ लाख ३७ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलाको २ लाख ३८ हजार ३ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २५ रूपैयाँले घटेर चाँदी २ हजार ९ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया