
निकोलस भूसाल पक्राउ
काठमाडौं- निकोलस भुसाल पक्राउ परेका छन्। मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रमबाट पक्राउ गरेको हो।
प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार, भुसाल सार्वजनिक शान्ति सुरक्षामा खलल पुर्याउने अभिव्यक्तिका कारण पक्राउ परेका हुन्। उनी हाल प्रहरीको निगरानीमा राखिएको र काठमाडौं ल्याउने तयारी भइरहेको छ।
निकोलस भुसालले सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति दिएका थिए। उनले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतको नाम लिएर अभिव्यक्ति दिएका थिए। यसअघि उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध पनि अराजक अभिव्यक्ति दिएका थिए।
यसअघि माइतीघरमा प्रदर्शनको क्रममा पक्राउ परेका भुसालले गाँजा सेवन गरेको पाइएपछि रिह्याव सेन्टरमा राख्ने सर्तमा परिवारको जिम्मा लगाइएको थियो। त



कागजपत्र |
