कांग्रेस नेता खतिवडालाई पितृशोक


काठमाडौं — नेपाली कांग्रेसका नेता रामहरि खतिवडालाई पितृशोक परेको छ।

खतिवडाका पिता जीवनाथ खतिवडाको ७८ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि क्यान्सरका रोगी रहेका खतिवडाको डिल्लिबजार निवासमा गएराति निधन भएको खतिवडाले जनाए ।

स्वर्गीय खतिवडाका श्रीमती, ५ छोरा र एक छोरी छन् ।

उनको आज बिहान ८ बजे पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।

प्रतिक्रिया