रवि र छविको मुद्दाको सुनुवाइ आज हुँदै


काठमाडाैं – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ आज हुँदै छ ।

उनीहरूको बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रकाश अर्याल र तेजनारायण पौडेलको इजलासमा आज सुनुवाइ हुन लागेको हो ।

यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रकाश अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छविसमेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । हाल पुर्पक्षका लागि लामिछाने र जोशी दुवै कारागारमा छन् । लामिछाने ललितपुरको नक्खु कारागार र जोशी भैरहवा कारागारमा रहेका छन् ।

प्रतिक्रिया