बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते


बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

गएराति जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना अन्य चार जना घाइते भएका छन् ।

गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।

अन्य घाइतेहरुलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।

 

प्रतिक्रिया