गृहमन्त्री अर्याललाई राजीनामा दिन दबाब


काठमाडौं-  काठमाडौं महानगरका मेयर बालेन्द्र साहले गृहमन्त्री ओमप्रकाश अर्याललाई पदबाट हटाउन पटक–पटक प्रधानमन्त्री सुशीला कार्कीलाई दबाब दिएका छन्। यसै क्रममा उनका नजिकका सहयोगी भिक्टर पौडेलले पनि अर्यालको राजीनामा माग्दै सामाजिक सञ्जाल र आफ्ना सर्कलमा अभियान सुरु गरेका छन्।

अर्याल बालेन्द्र साहका अनन्य सहयोगी थिए। तर गृहमन्त्री बनेपछि पुरानो सरकारका कर्मचारीलाई समातेर क्षमता देखाउन नसकेको आरोप साह–पौडेलले लगाएका छन्। अर्याललाई पहिले काठमाडौं महानगरका कानुनी सल्लाहकारका रूपमा काम गरिरहेका बेला बालेन्द्र साहको सिफारिसमा मन्त्री बनाइएको चर्चा थियो।

सामाजिक सञ्जाल फेसबुकको मेन्स रुम (रिलोडेड) पेजमा अर्यालको फोटो राखेर प्रयोगकर्ताहरूले “कायर गृहमन्त्री, तुरुन्त राजीनामा दे” लेखेका छन्। सो पोस्टमा उल्लेख छ, “तिम्लाई गृहमन्त्री बनाउनलाई ७५ जनाले बलिदान दिएको हैन। केपी ओलीको ढोंगले कुकुरहरुसँग डराउने गृहमन्त्री हाम्लाई चाहिएन।”

त्यसै स्टाटसमा कमेन्ट गर्दै भिक्टर पौडेलले लेखेका छन्, “लेट्स मेक अ ट्रेण्ड गाइज।”

 

प्रतिक्रिया