थाई एशिया एयरको भैरहवा-बैंकक उडान आजदेखि पुनः सुरु


काठमाडौं- थाई एशिया एयरले बैंकक–भैरहवा–बैंकक उडान आजदेखि पुनः सञ्चालन गरेको छ। पहिलो उडानमा बैंककबाट एयरबस ३२० विमान १७ जना यात्रुसहित दिउँसो १२:१५ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

भैरहवाबाट १६२ जना यात्रु बोकेर सो विमान दिउँसो १:१५ बजे पुनः बैंकक फर्किएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए।

उनका अनुसार एयरलाइन्सले हप्तामा दुईपटक आइतबार र बुधबार नियमित उडान गर्नेछ। यसका लागि आवश्यक उडान अनुमति प्रदान भइसकेको रावतले बताए।

प्रतिक्रिया