
अमेरिकाविरुद्ध नेपाललाई दोस्रो सफलता
काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ ।
युएईमा अमेरिकाविरुद्ध पहिले फिल्डिङ गरेको नेपालले १५ ओभरमा दुई विकेट लिएको हो ।
नेपालका लागि पहिलो विकेट सोमपाल कामीले लिएका थिए भने दोस्रो विकेट आरिफ शेखले लिएका छन् ।
अमेरिकाका कप्तान मोनांक पटेललाई आरिफले एलबीडब्लु आउट गरेका हुन् । अहिले अमेरिका १६ ओभरमा ५९ रन बनाएर खेलिरहेको छ ।



कागजपत्र |
