अमेरिकाविरूद्ध पहिले बलिङ गर्दै नेपाल


काठमाडौं – नेपालले आइससी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको पहिलो खेलमा अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।

युएईको दुबइ अन्तर्राष्ट्रिय रंगशालामा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए ।

लिग-२ मा निकै संघर्ष गरिरहेको नेपाल अमेरिकालाई हराउँदै सुखद सुरुआतको लक्ष्यमा रहनेछ । नेपाल लिग-२ का चार शृंखलमा १६ खेल खेल्दा १२ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

यता अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ ।

एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोलीबीच हालसम्म ९ खेल भएका छन् । जसमा दुवै टोलीले समान तीन खेल आफ्नो पक्षमा पार्दा एक खेल विना नितजा टुंगिएको छ ।

नेपालले लिग-२ का पछिल्ला दुई खेलमा भने अमेरिकासँग क्रमशः तीन विकेट र ३७ रनको पराजय बेहोरेको छ ।

प्रतिक्रिया