भक्तपुरमा कौडा खेलिरहेका २७ जना पक्राउ


काठमाडौं- भक्तपुरमा जुवा (कौडा) खेलिरहेका २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–४ का ४७ वर्षीय दयाराम सायजुसहितका व्यक्तिहरू छन् ।

भक्तपुर–४, बुल्छामा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोमबार (कात्तिक ३) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद नौ लाख २३ हजार ९६० रुपैयाँ र १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया