
साङपाङले ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरे
काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा पुगेर नयाँ दल दर्ताका लागि सनाखत गरेका छन्। उनले आफ्नै नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरी सनाखत पूरा गरेका हुन्।
सनाखतपछि पत्रकारहरूसँग कुरा गर्दै साङपाङले दलको चुनाव चिन्ह ‘माटो’ राखिएको बताए। उनले भने, “माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी। श्रम किन गर्ने भने, श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु। माटो भनेको देश हो। देशसँग मात्र नागरिकता लिनाले सम्बन्ध प्रमाणित हुँदैन, देशको माया लाग्नै पर्छ।”



कागजपत्र |
