पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश


काठमाडौं-  पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार उनलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।

श्रेष्ठका अनुसार, मंगलबार र बुधबार बयान र थुनछेक बहसपछि अदालतले उनलाई थुनामा पठाउने आदेश जारी गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई गत आइतबार पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय चुरोट भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोप छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग दाबीसहित मुद्दा दायर गरेको हो।

 

प्रतिक्रिया