
अस्पतालबाट डिस्चार्ज भए राष्ट्रपति पौडेल
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य सुधारसँगै अस्पतालबाट डिस्चार्ज भएका छन्। शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर (एमसीभीटीसी) मा भर्ना गरिएको थियो।
अस्पतालमा उपचारपछि स्वास्थ्यमा सुधार आएपछि आइतबार बिहानै उनलाई डिस्चार्ज गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। चिकित्सकहरूले अहिले उनको अवस्था स्थिर र सामान्य रहेको बताएका छन्।
राष्ट्रपति पौडेललाई शनिबार श्वासप्रश्वासमा असहजता र थकान महसुस भएपछि अस्पताल लगिएको थियो। स्वास्थ्यमा समस्या देखिएपछि शनिबारका लागि तय गरिएको जेन–जीसँगको छलफल पनि सोमबारका लागि सारिएको थियो।



कागजपत्र |
