
हाडिगाउँमा बिनाअनुमति सडक खन्ने व्यक्तिलाई महानगरको कारबाही, ५० हजार जरिवाना
काठमाडौं—काठमाडौं महानगरपालिकाले वडा नम्बर ५, हाडिगाउँमा स्वीकृति नलिई सडक तथा फुटपाथ खनेको अभियोगमा एक व्यक्तिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।
महानगरपालिकाको नगर प्रहरी बलले मनोजकुमार साहलाई नियन्त्रणमा लिएर सो जरिवाना तोकेको हो।
महानगरपालिकाद्वारा जारी नगदी प्राप्ति रसिदमा साहले स्वीकृति नलिई सडक तथा फुटपाथ खनेको पुष्टि गर्दै ‘प्रशासनिक दण्ड, जरिवाना र जफत’ शीर्षकमा ५० हजार रुपैयाँ उठाइएको उल्लेख छ।
_WuzdWhLhBS.png)



कागजपत्र |
