
साफ यू–१७ च्याम्पियनसिपः फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल
काठमाडौं – साफ यू–१७ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि नेपाल र भारतबचि खेल हुँदैछ।
खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे श्रीलंकाको कोलम्बोमा हुनेछ। त्यसअघि पहिलो सेमिफाइनलमा बंगलादेशले पाकिस्तानको सामना गर्नेछ। यो खेल दिउँसो ३ः१५ बजे हुनेछ।
नेपाल समूह ‘ए’को उपविजेताको हैसियतले सेमिफाइनल पुगेको हो । भारत भने समूह ‘बी’को विजेता हो। नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले हराएको थियो। दोस्रो खेलमा बंगलादेशले नेपाललाई ४–० ले पराजित गरेको थियो। समूह ‘बी’मा भारतले शतप्रतिशत नतिजा निकालेकाे छ। उसले भुटान, पाकिस्तान र माल्दिभ्सलाई हराएको छ।
फाइनल खेल शनिबार हुनेछ।



कागजपत्र |
