
सात युद्ध अन्त्य गराएँ, नोबेल पुरस्कार पाउनुपर्छ : ट्रम्प
वासिङ्टन- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले भारत–पाकिस्तानसहित सात वटा युद्ध रोकाएको दाबी गर्दै नोबेल शान्ति पुरस्कार पाउनुपर्ने बताएका छन्। अमेरिकन कर्नरस्टोन इन्स्टिच्युटको संस्थापकहरूको रात्रिभोजमा बोल्दै उनले व्यापारमार्फत भारत–पाकिस्तानबीच द्वन्द्व रोकिएको र अन्य थुप्रै संघर्षहरू आफूले अन्त्य गरेको दाबी गरे।
उनका अनुसार आर्मेनिया–अजरबैजान, कोसोभो–सर्बिया, इजरायल–इरान, इजिप्ट–इथियोपिया, रुवान्डा–कङ्गोबीचका द्वन्द्व पनि रोकिएका छन्। “यीमध्ये ६० प्रतिशत व्यापारकै कारण रोकिएका हुन्,” उनले भने।
भारतबारे ट्रम्पले भने, “मैले स्पष्ट भनेँ, यदि युद्ध गर्ने हो भने व्यापार हुँदैन। उनीहरू रोकिए।”
रुस–युक्रेन युद्धबारे उनले आफूले समाधान गर्न सक्ने विश्वास व्यक्त गर्दै हालसम्म असफल भएको स्वीकार गरे। पुटिनसँग राम्रो सम्बन्ध भए पनि द्वन्द्व अझ चर्किएको बताए। तर उनले दाबी गरे, “यदि म राष्ट्रपति भएको भए यो युद्ध सुरु नै हुने थिएन।”
उनले तेल उत्खननले मूल्य घटाएर युद्ध रोक्न सक्ने कुरा पनि दोहोर्याए। साथै, पुटिनप्रति असन्तुष्टि जनाउँदै हरेक हप्तामा हजारौँ मानिस मारिनु दुःखद भएको बताए।



कागजपत्र |
