सुकुटेस्थित रिभरबे र्‍याफ्टिङ रिसोर्टको स्विमिङ पुलमा डुबेर युवकको मृत्यु


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टको स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु भएको छ ।

आइतबार राति रिभरबे र्‍याफ्टिङ रिसोर्टको स्विमिङ पुलमा डुबेका सिन्धुली घर भई सिनामंगल बस्ने १९ वर्षीय सुशील भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

उनी आफ्ना साथीहरू दोलखामा फुटबल खेलेर बेलुकी साढे ८ बजे रिसोर्ट पुगेर खाजा खाएपछि स्विमिङ पुलमा साथीहरुसहित गएको जनाइएको छ ।

‘उनीहरू ६ जना दोलखामा फुटबल खेल्न गएका रहेछन्। खेलेर रातिमात्रै रिसोर्ट पुगे। त्यसपछि खाजा खाएर स्विमिङ पुलमा गएको रहेछ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘उनलाई स्विमिङ खेल्न नआउने रैछ। चार फिट मै खेलिरहेका थिए। पछि ६ फिटको गहिराइमा पुगे।’

६ फिटमा पुगेपछि उनी डुबे। सँगै खेलिरहेका साथीहरूले उनलाई निकाल्न खोजे पनि नसकेपछि रिसोर्टका कर्मचारीहरूले निकालेको उनले जानकारी दिए। त्यसपछि भण्डारीको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया