
एसपीको बर्दी लगाउने प्रदर्शनकारी पक्राउ
काठमाडौं- जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी लगाएर प्रदर्शनमा देखिएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका युवकको नाम भने सार्वजनिक गरेको छैन ।
२४ भदौमा ती युवकले एसपी ओलियाको फुलीसहितको बर्दी लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरी सक्रिय भएको थियो । तर, पक्राउ परेकामाथि कुन कसुरमा मुद्दा दर्ता गरिने भन्नेबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।



कागजपत्र |
