एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० रुपैयाँ कायम भएको जनाएको छ ।

यसअघि मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेर दुई हजार ५५० मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया