
सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको १ सयले बढेर तोलाको २ लाख १५ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख १५ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २५७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २५७० मा कारोबार भएको थियो ।



कागजपत्र |
